मधेस प्रदेशका ७४ सांसदको रिट न्यायाधीशद्वय सुवेदी र पोखरेलको इजलासमा


काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सांसदको वारेस भई नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दायर गरेको रिट मंगलबार (मंसिर २) सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।

सोमबार (मंसिर १) न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिटमा बहसका निम्ति पर्याप्त समय नरहेपछि अग्राधिकार प्रदान गरी आजलाई पेसी तोकिएको हो ।

अन्तिममा पालो आएपछि निवेदक पक्षले नै बहसका निम्ति पर्याप्त समय नहुने भन्दै सार्न आग्रह गरेको थियो ।

आइतबार (कात्तिक ३०) नै अन्तरिम आदेश छलफलका निम्ति पेसी तोकिएको थियो । तर, अघिल्लो आदेशमा त्रुटि भएकाले त्यसलाई सच्याउँदै सोमबारलाई पेसी सारिएको थियो ।

 

प्रतिक्रिया