
डोल्पाबाट उद्धार गरिएका प्रहरीलाई भेट्न आईजीपी कार्की प्रहरी अस्पतालमा
काठमाडौं- अत्यधिक हिमपात र कठ्योर चिसोका कारण बिरामी परेका प्रहरी कर्मचारीहरूको अवस्था बुझ्न नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की नेपाल प्रहरी अस्पताल पुगेका छन्। कार्कीले उपचाररत प्रहरी तथा उनीहरूका आफन्तसँग भेट गरी स्वास्थ्यस्थितिको विस्तृत जानकारी लिएका छन्।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मिजार गुम्बास्थित इलाका प्रहरी कार्यालय नाम्दोमा कार्यरत प्रहरी टोली असोज २३ गते साँझ ४ बजे जिल्ला प्रहरी कार्यालय डोल्पातर्फ हिँडेका थिए। तर, बाटोमा परेको अत्यधिक हिमपातका कारण उनीहरूको खुट्टा सुन्निएर हिँड्नै नसक्ने अवस्था भएपछि स्थिति गम्भीर बनिएको थियो।
उनीहरूलाई असोज २८ गते नेपाली सेनाको हेलिकप्टरमार्फत डोल्पोबुद्ध गाउँपालिका–१ धो क्षेत्रबाट उद्धार गरिएको थियो। उद्धारपछि थप उपचारका लागि सबैलाई नेपाल प्रहरी अस्पताल, काठमाडौं ल्याइएको र अहिले चिकित्सकीय निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।



कागजपत्र |
