मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं– बढ्दो मतदाता दर्ता चाप र अनलाइन पोर्टलमा देखिएका सर्भर समस्या रोक्न प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगसँग मतदाता नामावली दर्ताको अवधि थप गर्न आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामसाद भण्डारीसँग टेलिफोनमार्फत कुराकानी गर्दै म्याद थप्ने अनुरोध गरेकी हुन्। आयोगले आवश्यक परे पाँच दिनसम्म समय थप्न सक्ने सकारात्मक प्रतिक्रिया दिएको छ।

यसअघि राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता सुरु भएपछि मतदाता दर्तामा उल्लेखनीय वृद्धि भएको छ। आयोगले अनलाइन पोर्टल सञ्चालन गरेपछि उमेर पुगेका तर नाम दर्ता नभएका मतदाताहरूले सजिलै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

तर, बढ्दो भीड र अनलाइन फारम भर्नेको चापले सर्भर अवरुद्ध हुने समस्या देखिएको छ। यसका कारण उमेर पुगेका मतदाताहरू मतदानको अधिकारबाट बञ्चित हुने जोखिम बढेको हुँदा प्रधानमन्त्री कार्कीले समय सीमा थप गर्न आयोगसँग आग्रह गरेकी हुन्।

आयोगले पहिले नै ३० कात्तिकसम्म उमेर पुगेका मतदाताहरूका लागि नाम दर्ताको म्याद निर्धारण गरेको थियो। अब यसलाई थप पाँच दिनसम्म बढाउन सकिने आयोगले संकेत दिएको छ।

प्रतिक्रिया