
जनताको रक्षक एमाले नै हो : झाँक्री
काठमाडौं- नेकपा (एमाले)मा पुनः फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनको नाममा हिंसा र विध्वंस मच्चाउनेहरूले अब जवाफ दिनुपर्ने चेतावनी दिएकी छन्।
सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा सम्बोधन गर्दै उनले जेन–जी आन्दोलन जीवन्त आक्रोश भए पनि त्यसको आडमा रोटी सेक्नेहरूले राज्यका संरचनामाथि प्रहार गरेको आरोप लगाइन्।
उनले भनिन्, “जेनजी आन्दोलनको स्वामित्व लिन खोज्नेहरूले सिंहदरबार, सर्वोच्च अदालत, निजी घर–व्यापारिक भवन जलाएको छ। अब त्यसको जवाफ दिनुपर्ने बेला आएको छ।”
झाँक्रीका अनुसार जेनजी आन्दोलनभन्दा पछिल्लो राजनीतिक परिस्थितिमा एमाले मात्र राष्ट्रियता जोगाउन खम्बा बनेर उभिएको छ। “फागुन २१ गते चुनाव भए पनि जनताको रक्षक शक्ति एमाले नै हो,” उनले दाबी गरिन्।
झाँक्रीले अघिल्लो सरकारविरुद्ध असन्तुष्ट तत्व मिसिएर आन्दोलनलाई विध्वंसतिर मोडेको आरोप लगाइन्। “त्यसबखत जे भयो, त्यसको न्याय समयले दिन्छ,” उनले भनिन्।



कागजपत्र |
