
एमाले छोड्नु जीवनकै ठूलो गल्ती: किसान श्रेष्ठ
काठमाडौं- नेकपा (एमाले) छाडेर चार वर्षअघि एकीकृत समाजवादीतर्फ लागेका नेता कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा फर्किएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा सहभागी हुँदै उनले पार्टी छोड्नु जीवनकै सबैभन्दा ठूलो भूल रहेको टिप्पणी गरे ।
श्रेष्ठले विभाजनका बेला लिएिएको निर्णय परिस्थितिजन्य भएको बताउँदै भने, “त्यो बेला हाम्रो निर्णय ठीक जस्तो लागेको थियो, तर अहिले बुझ्दा त्यो गलत थियो भन्ने निष्कर्षमा पुगेका छौँ।”
उनका अनुसार, पार्टी विभाजन सीमित नेतृत्वको स्वार्थको परिणाम थियो, तर अहिले एमालेमै राजनीतिक स्थिरता र देश निर्माणको बाटो देखिएको छ ।
त्यसक्रममा उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै भने, “ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको छ।”



कागजपत्र |
