
रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितको समूह एमालेमा समाहित
काठमाडौं- नेकपा (माओवादी केन्द्र)सँगको एकता प्रक्रियामा असहमति जनाउँदै विघटित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेता औपचारिक रूपमा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ मार्फत उनीहरूलाई एमालेमा समावेश गरिएको हो।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी नेताहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर स्वागत गरे। सो क्रममा रामकुमारी झाँक्री लगायतको समूहले पार्टी अध्यक्ष ओलीलाई सांकेतिक रूपमा कलम हस्तान्तरण गर्दै आफूहरू एमालेमै पुनः सक्रिय हुने घोषणा गरे।
एमालेमा प्रवेश गर्नेहरूमध्ये केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत छन्।
यस्तै, अन्य प्रवेशी सदस्यहरूमा केदारप्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य र प्रविण घर्तीमगरलगायत रहेका छन्।



कागजपत्र |
