अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानी हत्या


काठमाडौँ – अमेरिकाको टेक्ससमा एक नेपाली नागरिकको गोली हानी हत्या गरिएको छ ।

टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको हत्या गरिएको हो ।

थापाको स्प्रिङ रोडस्थित कङ्कड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मङ्गलवार राती गोली हानेर हत्या गरिएको अस्टिन प्रहरी विभागले जनाएको छ ।

थापा ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए । एजेन्सी

प्रतिक्रिया