
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा फाइल माग गर्न उच्च अदालत तुलसीपुरले आदेश दिएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका दुवै प्रतिवादीको सुनुवाइका लागि आज पेसी तोकिएको थियो। तुलसीपुर उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य आवश्यक फाइलहरू माग्न आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीको निवेदनका कारण स्थगित गरिएको थियो। लामिछानेको मुद्दासँगै जोशीको मुद्दा एकैसाथ सुनुवाइ गर्न उच्च अदालतले आदेश दिएको थियो।
हाल लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै छन्।
बुटवलको सुप्रिम सहकारी ठगीमा कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको थियो।



कागजपत्र |
