काठमाडाैंमा जनप्रदर्शन गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी


काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ। त्यसका लागि मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ।

त्यहाँबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने र त्यहाँ जनसभामा परिणत हुने कार्यक्रम तय भएको छ। नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा वाम घटकसँग एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ। जेनजी आन्दोलनपछि वाम एकताको पहल गरेका विप्लव भने बुधबारको एकतामा सहभागी भएनन्।

उनले निर्वाचनमा आयोगमा आफ्नो दल दर्ता गरेका छन्। आयोगमा दल दर्ता गर्दा पार्टीको नाम भने कम्युनिस्ट पार्टी नेपाल राखिएको छ।

May be an image of ‎text that says '‎لء हार्दिक निमप्त्रणा स्वाधिनता, समाजवाद र सर्वपक्षीय अन्तरिम सरकारको विशाल पक्षमा आयोजित जनसभा समय ठिक १ १२:०० बजे (सुन्धाराबाट याली प्रारम्म) आयोजक: मिति: मिति २० काति्तक શ०८ افاسلمما नेपाल कम्युनिस्ट पार्टी सभा सभास्थल स्थल भृकटी मण्डप केन्द्रीय समिति‎'‎

प्रतिक्रिया