
निकोलस भूसालमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
काठमाडाैं- विवादास्पद तथा भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका डा. निकोलस भूसालविरुद्ध ५ दिनको म्याद थप भएको छ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दर्ता मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई ५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
गत मंगलबार उनलाई गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनले हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरका मेयर बालेन शाह, साथै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक एवं उत्तेजक अभिव्यक्ति सार्वजनिक गरेका थिए।



कागजपत्र |
