युएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने


काठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग—२ अन्तर्गत आज हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपाल र युएईबीच दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन-तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक खेलमा विजयी भएको छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत छन् ।

 

प्रतिक्रिया