जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक ललितपुरस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत विषयमा बैठक केन्द्रित हुनेछ ।

बैठक भोलिसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया