
मन्त्रिपरिषद्को बैठक सुरु
काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो ।
यो मन्त्रिपरिषद्को सोमबार बस्ने नियमित बैठक हो ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।
उक्त बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो ।
विवरण प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्रीले मुख्यसचिव तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छिन्।



कागजपत्र |
