यातायात विभागको अनलाइन सेवा आंशिक रूपमा पुनः सुरु


काठमाडौं-  जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको सूचना प्रविधि पूर्वाधार क्षतिग्रस्त भएपछि अवरुद्ध भएको यातायातसम्बन्धी सरकारी सेवा आइतबारदेखि आंशिक रूपमा पुनः सुरु भएको छ।

विभागका अनुसार क्षतिग्रस्त डेटा सेन्टर, विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) र सवारी दर्ता प्रणालीको मर्मत कार्य सम्पन्न भएसँगै काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूबाट केही सेवा सञ्चालनमा आएका हुन्। हाल नवीकरण तथा लाइसेन्स भेरिफिकेसन सेवा सुरु गरिएको विभागले जनाएको छ।

यससँगै विभागले उपत्यकाबाहेकका अन्य यातायात व्यवस्था कार्यालयहरूमा पनि चाँडै अनलाइन प्रणाली पुनः सुचारु गर्न आवश्यक तयारी गर्न निर्देशन दिएको छ। साथै, कार्यालयहरूलाई नेटवर्किङ, बायोमेट्रिक्सलगायत उपकरणहरू तयारी अवस्थामा राख्न भनिएको छ।

प्रतिक्रिया