
स्थानीयसँग सहमति जुटेपछि बञ्चरेडाँडामा जान थाले फोहोर बोकेका गाडी
काठमाडौं- बञ्चरेडाँडा ल्याण्डफिल साइटमा चार दिनदेखि रोकिएका फोहोर बोकेका गाडीहरू आइतबारदेखि पुनः साइटमा जान थालेका छन्। स्थानीयसँग सहमति जुटेसँगै फोहोर व्यवस्थापन पुनः सुरु भएको सहरी विकासमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ।
मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा पुगेर स्थानीयवासीसँग छलफल गरेका थिए। उनले विगतमा भएका सम्झौता कार्यान्वयनमा ढिलाइ भएको स्वीकार्दै १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले अवरोध हटाएका हुन्।
स्थानीयहरूले पटक–पटक भएका सहमति कार्यान्वयन नभएको भन्दै बुधबारदेखि फोहोर विसर्जन रोक्दै आएका थिए। चार दिनसम्म फोहोर फाल्न अवरोध हुँदा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र, सडक र गल्लीमा फोहोरको थुप्रो लागेर दुर्गन्ध फैलिएको थियो।



कागजपत्र |
