ओली-लेखकलाई काठमाडौंबाट बाहिरिन रोक लगाएको विरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम


काठमाडौं-  सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायतको राहदानी रोक्का र काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी तोकिएको स्थान हदबारे १५ दिनभित्र लिखित जवाफ माग गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले शुक्रबार प्रारम्भिक सुनुवाइपछि सरकारसँग कारण देखाउन आदेश जारी गरेको हो।

यो रिट निवेदन अधिवक्ता डा. प्रेमराज सिलवालले कात्तिक १२ गते दायर गरेका थिए। निवेदनमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि गैरकानुनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक अधिकारको संरक्षणका लागि अन्तरिम आदेशको माग गरिएको थियो। तर अदालतले अन्तरिम आदेश जारी गरेको छैन।

 

प्रतिक्रिया