डा. शेखरले गरे आफू निकट पदाधिकारीहरुसँग छलफल


काठमाडाैं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन्।

पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गरेका हुन्।

कोइरालाले आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गरेकाे जनाइएको छ ।

कोइरालाले पार्टीको पदाधिकारी बैठक अगाडि आफू निकटहरुसँग मात्र छलफल गरेको जनाइएको छ ।

प्रतिक्रिया