
सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
काठमाडाैं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र भारतबीच रहेको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकतासम्बन्धमा छलफल भएको छ ।
भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनाहरूलगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोग एवं सद्भावको सराहना गरे ।
साथै, मन्त्री खरेलले नेपालको विद्यमान विशिष्ट परिस्थितिका बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाचनलाई सम्पन्न गर्ने, भष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराए ।



कागजपत्र |
