रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० जना घाइते


काठमाडौं – रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप शुक्रबार दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।

प्रहरीका अनुसार मृतक एक जना महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर १० जना घाइते भएका छन् ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

प्रतिक्रिया