विपिन जोशीको शव भोलि दिउँसो नेपाल आइपुग्दै


काठमाडौं-  विपिन जोशीको शव भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ। इजरायल सरकारले औपचारिक रूपमा बिदाइ गर्दै उनको शव नेपाल पठाउने तयारी गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव भोलि दिउँसो साढे दुई बजेको समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ। शव नेपाल आइपुगेपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरिनेछ।

विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा काम गर्दै थिए र सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणमा उनका साथमा रहेका १० नेपाली मध्ये उनी आक्रमणपछि हमासको कब्जामा परेका थिए। अन्य नौ नेपालीको शव त्यतिबेला नै नेपाल ल्याइयो। विपिनको रिहाइका प्रयास भए पनि उनको मृत्यु भएको जानकारी हमासले इजरायललाई दिएको थियो।

इजरायलले औपचारिक रूपमा बिदाइ गर्दै अब विपिनको शव नेपाल पठाउन लागेको हो।

प्रतिक्रिया