
मुग्लिन–नारायणगढ खण्डको गाईघाटमा सात वटा गाडी ठोक्किए
चितवन — चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।
बिहान ७ बजे उक्त सडक खण्डको गाईघाट भन्ने स्थानमा सातवटा सवारी एकापसमा ठोक्किँदा ७ जना घाइते भएको जनाइएको छ भने अन्यको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।



कागजपत्र |
