
फिदिमनजिक कार्तिकेमा भिरबाट बोलेरो खस्यो, उद्धार कार्य जारी
विराटनगर – पाँचथरको फिदिमनजिक कुम्याक ३ कार्तिकेमा भिरबाट बुलेरो गाडी खसेको छ ।
फिदिमबाट तमोर कोरिडोर हुँदै धरानकालागि यात्रु बोकेर गएको बोलेरो गाडी भिरबाट खसेको हो । गाडी सडक भन्दा ५ सय मिटर तल खसेको छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उद्धार टोली घटनास्थल पुगिसकेको जानकारी दिए । उनले तीन जनाको उद्धार गरिएको बताए ।
उनले भने घटनास्थलमा उद्धारका लागि टोली पुगिसकेको छ । थप उद्धारको प्रयास जारी छ । घटनास्थलमा पानी परिरहेको स्थानीय पत्रकार रमेश थापाले बताए ।
यसअघि दुर्घटना स्थलनजिकै रहेको भन्दै सागर ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर एम्बुलेन्स वा गाडीहरू छिटोभन्दा छिटो पठाइदिनुस् न है ।’
गाडी खस्दा हाताहतीको बारेमा भने पुष्टि हुन सकेको छैन ।



कागजपत्र |
