
जवाङ खोलामा पहिरो, मुग्लिङ–काठमाडौं यातायात पूर्ण अवरुद्ध
तुइन खोलामा ढुंगा खस्दा बाटो एकतर्फी
काठमाडौं — लगातारको वर्षासँगै जवाङ खोलमा आएको पहिरोका कारण मुग्लिङ–काठमाडौं यातायात अवरुद्ध भएको छ ।
शनिबार बिहानै आएको पृथ्वीराजमार्गस्थित धादिङको जवाङ खोलामा पहिरो खसेपछि यातायात पूर्ण अवरुद्ध भएको जनाइएको छ ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास केही बेरमा गरिने तयारी गरिए पनि लगातारको वर्षाका कारण पहिरो पन्छाउन कठिन भइरहेको जनाइएको छ ।
त्यसैगरी तुइन खोलामा ढुंगा खस्दा सडक एकतर्फी भएको पनि जनाइएको छ ।



कागजपत्र |
