प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस


काठमाडौँ – नेपाल प्रहरीका ४ जना डेपुटी इन्स्पेक्टर जनरल (डीआईजी)हरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

आइतवार बसेको बढुवा समितिको बैठकले डीआईजी सुशीलसिंह राठौरलाई पहिलो वरीयतामा राख्दै एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

त्यसैगरी दोस्रो नम्बरमा उमाप्रसाद चतुर्वेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर विकलाई बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको सिफारिसपछि अब मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ।

प्रतिक्रिया