
पार्टी कार्यालयको भाडा तिर्न पैसा उठाउँदै रास्वपा ‘कार्यकर्ता’ !
काठमाडौं – १० महिनासम्म पार्टी कार्यालयको घरभाडा नतिरेपछि घरबेटीले ३ महिनाभित्र पार्टी कार्यालय खाली गर्न सूचना दिएपछि रास्वपा कार्यकर्ताहरुले घरभाडाका लागि पैसा उठाउन थालेका छन् ।
बनस्थलीस्थित केन्द्रीय कार्यालयको भाडाबापतको १० महिनाको रकम नतिरेको भन्दै घरबेटी भरतमणि देवकोटाले ३ महिनाभित्र खाली गर्नका लागि सूचना दिएपछि कार्यकर्तासँग पैसा उठाएको खुलेको छ ।
टिकाराम रिजाल नामका एक व्यक्तिले ‘हामी चलाउँछौं हाम्रो पार्टी’ भन्दै एक हजार रुपैयाँ भाडाबापत रास्वपाको बैंक खातामा इसेवा मार्फत् रकम जम्मा गरिदिएको स्लिप सामाजिक सञ्जालमा राखेपछि रास्वपाले कार्यालयको भाडा तिर्न कार्यकर्ताबाट उठाएको पुष्टी भएको छ ।
त्यसका साथै अर्का तेजबहादु बस्नेत नामका व्यक्तिले पनि रास्वपाको खातामा खल्तीमार्फत् १ हजार १ सय डिपोजिट गरिदिएको स्लीप सार्वजनिक गरेका छन् ।



कागजपत्र |
