
बागबजारको गेस्ट हाउसमा २२ वर्षीया युवती मृत फेला
काठमाडौं- काठमाडौँ महानगरपालिका–२८ बागबजारस्थित न्यु मनकामना गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार गेस्ट हाउसको कोठा नम्बर २०२ मा पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना मृत अवस्थामा भेटिएकी हुन्। उनी सुतिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। रानाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ



कागजपत्र |
