
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच शिष्टाचार भेट
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय हितका मुद्दा र आपसी चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यादेश निर्वाचन सम्पन्न गर्नु भएकाले त्यसमा सहयोग पुगोस् भन्ने आग्रह राजदूत श्रीवास्तवसँग गरेकी थिइन्।
सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरेका थिए। सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता उल्लेख गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले भारत नेपालको आवश्यकताअनुसार सहयोग गर्न तत्पर रहने बताए। साथै उनले आगामी असोज २ गते प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने तयारी भएको जानकारी दिएका छन्।



कागजपत्र |
