
जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु
काठमाडौं- जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ ।
क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।



कागजपत्र |
