
टोपबहादुर रायमाझीसहित सुन्धारा कारागारबाट ३३ सय कैदी फरार
काठमाडौं- सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।
कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् ।
भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो । भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी पनि भागेको स्रोतले बतायो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।



कागजपत्र |
