प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबर बुलेट चलायो, तीन जना घाइते


काठमाडौं- कर्फ्यु आदेश कार्यान्वयन गर्ने क्रममा प्रहरीले रबर बुलेट प्रहार गर्दा तीन जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले पुष्टि गरेअनुसार, स्थितिलाई नियन्त्रणमा लिन गरिएको कारबाहीमा प्रदर्शनकारी घाइते भएका हुन् ।

माइतीघरबाट सुरु भएको जेनजीको प्रदर्शन बानेश्वर पुगेपछि निषेधित क्षेत्र तोड्दै संसद भवन परिसरभित्र छिर्न खोज्दा अवस्था तनावग्रस्त बनेको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो ।

प्रतिक्रिया