तियान्जिनमा ओली–मोदीकाे भेट


काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच तियान्जिनमा भेटवार्ता भएको छ।

सोमबार दिउँसो भएको भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई विशेष र गहिरो भएको बताएका छन्।

मोदीले लेखेका छन्, “भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ। तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो।”

प्रतिक्रिया