ड्युटी जाने बेला ढलेका असईको मृत्यु


ताप्लेजुङ- जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको आकस्मिक निधन भएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा भुजेल अचानक बेहोस भएर ढलेका थिए। उनलाई तत्कालै जिल्ला अस्पताल ताप्लेजुङ लगिएको भए पनि उपचारकै क्रममा ज्यान गएको हो।

४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। उनकाे स्थायी घर झापाको धुलाबारी हो।

 

प्रतिक्रिया