
आसामविरूद्ध नेपाल ‘ए’को फराकिलो जित
काठमाडाैं – नेपाल ‘ए’ क्रिकेट टिमले भारतको आसाम राज्यको टिमलाई दोस्रो खेलमा फराकिलो जित हात पारेको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल ‘ए’ले आसाम टिमलाई ९६ रनले पराजित गरेको हो ।
नेपाल ‘ए’ ले दिएको १७४ रनको लक्ष्य पछाएको आछाम टिमले १५.२ ओभरमा अल आउट हुदै ७७ रन बनाएको थियो ।
आसामको ब्याटिंग लाइन ध्वस्त पार्न नेपाल ‘ए’ का बलर युवराज खत्रीले ४ विकेट लिए भने अहमद बसिरले ३ विकेट लिएका थिए ।
यसअघि नेपाल ‘ए’ ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । नेपाल ‘ए’ का लागि सन्दीप जोराले सर्बाधिक ३५ रन बनाएका थिए भने देव खनालले ३१, अहमद बसिरले २७, बिबेक यादवले ८ बलमा २५ रन बनाएका थिए ।
यो जितपछि नेपालले ५ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । यसअघि बर्षाले प्रभावित पहिलो खेल आसामले जितेको थियो । अब तेस्रो खेल भोली खेल्ने तालिका रहेको छ ।



कागजपत्र |
