काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीको आन्दोलन जारी


काठमाडौं – काठमाडौं महानगरपालिकाले आफूहरूमाथि दमन र ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरूले बुधबार पनि आन्दोलन जारी राखेका छन्। व्यवसायी, संकलक र मजदुरहरूको नेतृत्वमा काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकालेर महानगरको कार्यालय अगाडि धर्ना दिएका हुन्।

कवाड व्यवसायी संघर्ष समितिले महानगरपालिकाद्वारा गरिएको कुटपिट, संरचना भत्काउने र अन्य ज्यादती रोक्न माग गरेका छन्। उनीहरूले संविधानले दिएका पेसा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता माग गर्दै, विगत दुई वर्षमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति माग गरेका छन्।

आन्दोलनमा सहभागीहरूले माग पूरा नभए आन्दोलन अझ ठूलो रूपमा अगाडि बढाइने चेतावनी दिएका छन्।

प्रतिक्रिया