त्रिकोणात्मक टी–२० का लागी खेलाडीलाई बन्द प्रशिक्षण


काठमाडाैं – नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–२० सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानको आयोजनामा वैशाख ४ गतेबाट सुरु हुने ट्राइ नेसन सिरिजका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। क्यानले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

क्यानले बोलाएका २० खेलाडीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल,लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललितनारायण राजवंशी रहेका छन् ।

प्रतियोगितामा नेपाल , मलेसिया र नेदरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्।सबै खेल टीयू क्रिकेट मैदानमा हुने क्यानले छन् । प्रतियोगिता डबल राउण्ड रोबिनको आधारमा हुनेछ।

प्रतिक्रिया