बागमती प्रदेश सभा बैठक बस्दै


काठमाडौं —  बागमती प्रदेश सभाको बैठक आज (बुधबार) बस्दैछ।

बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।

प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले धारणा प्रस्तुत गर्ने कार्यसूची छ।

मुख्यमन्त्री बानियाँले मंगलबार बागमती प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया