
जापानिज इन्सेफ्लाइटिसका कारण ७ महिनामा ३ जनाको मृत्यु
काठमाडाैं- जापानिज इन्सेफ्लाइटिसका कारण यो वर्ष ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङका २ जना र बाराका १ जना छन्। मृत्यु हुनेहरू क्रमश: १७, ४९ र ७४ वर्षका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२५ को ७ महिनाको अवधिमा नेपालमा ३४ जनालाई जापानिज इन्सेफ्लाइटिस (जेइ) देखिएकोमा तीन जनाको मृत्यु भएको हो।
विज्ञहरूका अनुसार साउनदेखि कात्तिक (जुलाईदेखि अक्टोबर) सम्म नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण धेरै देखिन्छ। ‘जेइ’ का कारण मृत्युदर झण्डै ३० प्रतिशत रहेकाले समयमै पहिचान गरी उपचार गर्न सकेनौँ भने ठूलो क्षति हुन सक्छ।
ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु, कमजोरी महसुस हुनु जेईका सामान्य लक्षण हुन्। तर उच्च ज्वरो (१०२ डिग्री फरेनहाइट भन्दा बढी), टाउको बेस्सरी दुख्नु, शरीरमा कम्पन हुनु, अर्ध चेत वा बेहोस हुनु, शारीरिक कमजोरी वा पक्षघात हुनु वा कोमा पुग्नु यसका गम्भीर लक्षण हुन्।



कागजपत्र |
