
कालिकोटमा फोर्स गाडी दुर्घटना, ७ जना घाइते
सुर्खेत – जुम्लाबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी आज बिहान कालिकोटको खाँडा चक्र नगरपालिका–१०, स्थित गोलुवामा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकी ६ जनालाई मध्यम चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) ज्योतनारायण यादवका अनुसार कर्णाली प्रदेश ०२–००१–ख–०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर करिब १०० मिटर तल खसेको थियो ।
घाइतेहरूको अहिले कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।



कागजपत्र |
