कैलालीमा दुई अटो ठोक्किँदा महिलाको मृत्यु, ७ जना घाइते


कैलाली- कैलालीमा दुई अटो एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ स्थित भित्री सडक खण्डमा अत्तरिया–कञ्चनपुर सडकमार्गमा दुर्घटना भएको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का खुशिराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ३६६२ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको कृष्णपुर नगरपालिका–७ का नन्दराम रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ५८३४ नम्बरको अटो एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१–००१ ह ५८३४ नम्बरको अटोमा सवार कृष्णपुर नगरपालिका–७ की ६५ वर्षीया मनसिंह राना गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ।

दुवै अटोमा सवार ८ जनामध्ये घाइते ६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया