शेरधन राई खोटाङमा, जग्गादातालाई सम्मानदेखि कम्पोष्ट मल उद्योगको गरे उद्घाटन


खोटाङ – खोटाङ पुगेर शेरधन राईले गरे जग्गादातालाई सम्मानदेखि कम्पोष्ट मल उद्योगको उद्घाटन प्रदेश १ का मूख्यमन्त्री शेरधन राई हिजो शनिबार खोटाङ पुगेका थिए । उनले खोटाङ जिल्ला पुगेर कम्पोष्ट मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्रोत केन्द्र स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध गराउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्मालाई शनिबार सम्मान गरे ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रु तीन करोड ३२ लाखको लागतमा कम्पोष्ट मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको छ यस्तै, मूख्यमन्त्री राईले उक्त स्रोत केन्द्रमा निर्माण गरिएको स्तम्भ शनिबार अनावरण पनि गरे ।

अर्थमन्त्रालयको विशेष अनुदान बापतको रु तीन करोड ३२ लाखको लागतमा एकैठाउँमा कम्पोष्ट मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना हुने भएको छ ।

यसैगरी राइले कृषि स्रोत केन्द्र शनिबार निरीक्षण समेत गरे ।

प्रतिक्रिया