राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि कांग्रेसलाई अस्वीकार्यः महामन्त्री थापा


काठमाडौं — नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि पार्टीलाई स्वीकार्य नभएको बताएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले कार्यविधि पार्टीलाई स्वीकार्य नरहेको बताए ।

संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने थापाले बताए । ‘भन्दा स्वमूल्याङ्कन भन्दै नियन्त्रण गर्न खोजिएको हो । त्यो नेपाली कांग्रेसलाई स्वीकार्य छैन,’ महामन्त्री थापाले भने ।

निर्वाचन आयोगले जनताद्वारा निर्वाचित भएका दलहरूलाई नियमन गर्ने र गराउने गर्ने विषय मान्य नहुने थापाले बताए ।

आयोगले तयार गर्न लागेको स्वमूल्याङ्कन कार्यविधिमा कांग्रेसको शतप्रतिशत असहमति रहेको उनको भनाइ छ ।

प्रतिक्रिया