पानीको विषयमा झगडा हुँदा युवकमाथि खुकुरी प्रहार, २ जना पक्राउ


काठमाडौं – काठमाडौँको बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भएर दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भएर जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगर छन् ।

साउन १८ मा लामा पेट्रोल पम्प अगाडी मकवानपुर घर भएर गोकर्णेश्वर नगरपालिका–४ नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो ।

अघिल्लो दिन मिनिरल वाटरको विषयमा विवाद हुँदा भोलिपल्ट खुकुरी प्रहार गरेको आरोपीहरूले प्रहरीसँग बताएका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पीडित युवकको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया