यी ७ मुख्य राजमार्ग पूर्ण अवरुद्ध, कुन–कुन सडक एकतर्फी ? (सूचीसहित)


काठमाडौं — वर्षाका कारण देशभरका विभिन्न ७ मुख्य राजमार्गहरु अवरुद्ध रहेका छन् ।

नेपाल प्रहरीका अनुसार लगातारको वर्षाका कारण कोशी राजमार्गको संखुवासभा खण्ड पूर्ण अवरुद्ध रहेको छ । त्यस्तै पूर्वी नवलपुरस्थित विनयी त्रिवेणीमा वर्षाका कारण पूर्वपश्चिम राजमार्ग पूर्ण अवरुद्ध रहेको छ ।

त्यस्तै रसुवास्थित नेपाल चिन जोड्ने नाका सडक, पासाङल्हामु सडक खण्डका साथै अरनिको राजमार्गको भोटेकोशीमा पनि सडक अवरुद्ध भएको छ ।

त्यस्तै लमजुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा रुकुम पश्चिमकोे जाजरकोड डोल्पा भेरी कोरिडोर खण्ड पनि पूर्ण अवरुद्ध भएको छ।

त्यसबाहेक केही स्थानमा अन्य विभिन्न मुख्य राजमार्गहरु एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

May be an image of text

 

प्रतिक्रिया