दुर्गा प्रसाईलाई लिन डिल्लीबजार कारागार पुगे कांग्रेस सांसद शर्मा


काठमाडौं — उच्च अदालतको रिहा गर्ने आदेशसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिन नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् ।

सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको थियो । आदेशपछि उक्त धरौटी रकम बुझाएर प्रसाईं रिहा हुने प्रक्रियामा छन् ।

उनले अदालतको आदेशसँगै रिहा हुने भएपछि देश निर्माणको भावी योजनासहित आफू घर फर्कन लागेको बताएका छन् ।

उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया