गुन्डानाइके ‘चक्रे मिलन’ पक्राउ


काठमाडौं – गुन्डानाइके मिलन गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन् । उनीसहित ४७ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

विभिन्न आपराधिक गतिविधिमा सक्रिय गुरुङसहित ४७ जनालाई काठमाडौ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।

चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

आपराधिक गतिविधि बढाउने तथा नागरिक र व्यवसायीलाई तर्साउने खालका गतिविधिमा सक्रिय देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले बुधबार राति युवराज गुरुङ भनिने गुन्डानाइके ‘सानुभाइ’लाई पनि पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया