
सानुभाइसहित तीन जनामाथि चार दिनको म्याद थप
काठमाडौं- काठमाडौंको ठमेलबाट पक्राउ परेका सानुभाइका नामले चिनिने युवराज गुरूङसहित तीन जनामाथि चार दिनको म्याद थप गरिएको छ।
प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार तीनैजनालाई चार दिनसम्म प्रहरी हिरासतमा राख्न अदालतबाट अनुमति लिइएको हो।
पक्राउ पर्नेहरूमा युवराज (सानुभाइ) गुरूङसँगै रविन्द्र गुरूङ र दिलकुमार गुरूङ रहेका छन्। सोह्रखुट्टे प्रहरीले उनीहरूलाई नुवाकोट दोहोरी साँझमा राति भएको विवादपछि पक्राउ गरेको हो। सो दोहोरी साँझमा दुई समूहबीच झगडा भएपछि संचालकले प्रहरीलाई खबर गरेका थिए।
सानुभाइ भनिने युवराज गुरूङ यसअघि पनि बारम्बार कुटपिटका घटनामा संलग्न भइसकेका व्यक्ति हुन्। २०८० माघ ६ गते उनले ठमेलको एक क्लबको पार्किङमा एक पुरुषमाथि कुटपिट गरेका थिए। त्यसबेला उनी फरार भएका थिए। त्यसै वर्ष असारमा पनि उनी कुटपिटकै घटनामा पक्राउ परेका थिए र पछि धरौटी बुझाएर रिहा भएका थिए।



कागजपत्र |
