सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कबाहिर


काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट एकै परिवारका १६ जना बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिकको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन भएको सूचनाको आधारमा स्थानीयले जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा जानकारी गराएका थिए।

सोही सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।

उनका अनुसार प्रहरीको टोली सूचना पाउनेबित्तिकै हायुको घरमा पुगेको थियो। घरमा सामान्य क्षति देखिएको छ भने उनीहरूले पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा फेला परेका छन्।

प्रहरीले स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग समन्वय गरेर हायु परिवारबारे थप विवरण संकलन भइरहेको जनाएकाे छ।

प्रतिक्रिया