
२४ घन्टाभित्र बैठक बोलाउन नाउपा अध्यक्ष रञ्जितालाई अल्टिमेटम
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का केन्द्रीय सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घन्टाभित्र केन्द्रीय समिति बैठक बोलाउन अल्टिमेटम दिएका छन्। शुक्रबार मध्यबानेश्वरमा बसेको केन्द्रीय सदस्यहरूको भेलाले सो चेतावनी दिएको हो।
भेलामा सहभागी सदस्यहरूले लामो समयदेखि केन्द्रीय समिति बैठक नबसी पार्टी सञ्चालनमा समस्या देखिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार अध्यक्ष श्रेष्ठलाई पटक–पटक मौखिक आग्रह गरे पनि बैठक आह्वानमा उनले चासो नदेखाएको आरोप लागेको छ।
बैठकमा निर्णय गर्दै केन्द्रीय सदस्यहरूले भनेका छन्, ‘२४ घन्टाभित्र बैठक नबोलाइएमा आगामी साउन ११ गते दिउँसो नै केन्द्रीय समिति बैठक बसेर आवश्यक निर्णयहरू गरिनेछ।’
भेलाले अध्यक्ष श्रेष्ठलाई बैठक बोलाउनको लागि दबाब दिन विद्युतीय सञ्चारमाध्यममार्फत जानकारी पुर्याउने निर्णय समेत गरेको छ। सो सूचनालाई पार्टीका शुभेच्छुक, सदस्य र सर्वसाधारणमा समेत पु¥याइनेछ।
पार्टी गतिशील बनाउन निरन्तर बैठक आवश्यक भएको भन्दै सदस्यहरूले पार्टी सञ्चालन प्रक्रियामा पारदर्शिता र सक्रियता आवश्यक रहेको बताएका छन्।



कागजपत्र |
