
यी ६ निर्माण कम्पनी परे कालोसूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने
काठमाडौं – सार्वजनिक खरिद अनुगमनको कार्यालयले ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
शुक्रबार सूचना प्रकाशन गर्दै कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
वीरगन्जको जिबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै धनुषाको एस.डी कन्स्ट्रक्सन, काठमाडौंको शर्मा धुलिखेल जेभी, जाजरकोटको भेरी नदी निर्माण सेवा एन्ड प्रनव सप्लायर्स, काठमाडौंकै डल्लुको आकाश कन्स्ट्रक्सन, र पाल्पाको विपीन कन्स्ट्रक्सनलाई एक-एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।




कागजपत्र |
