बीपी राजमार्गको शीतलपाटीबाट पिकअप भ्यान खोंचमा खस्दा एकजनाको मृत्यु


सिन्धुली – बीपी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट बर्दिबासतर्फ आइरहेको पिक अप भ्यान बीपी राजमार्गस्थित सुनकोसी गाउपालिका–६ सितलपाटिमा दुर्घटना हुँदा मकवानपुर मनहरी गाउपालिका–४ का धर्मराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

बिहान करिब ३ बजे मृतक धर्मराजका भाइ निरोज रेग्मीले चलाएको उक्त गाडी सडकबाट करिब पाँच सय मिटर तल खोँचमा खस्दा गम्भीर घाइते भएका धर्मराजको खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

प्रतिक्रिया